एक क्विन्टल गाँजासहित दुईजना पक्राउ

जनकपुरधाम : सिरहा प्रहरीले ठुलो मात्रामा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार जिल्लाको मिर्चैया नगरपालिका १ मनहर्वास्थित भित्री सडक खण्डमा चेकजाँचको क्रममा ना ५ त १४ नम्बरको ट्रयाक्टरबाट प्रहरीले एक क्विन्टल गाँजा बरामद गरेको हो ।
दक्षिणबाट पुर्वतर्फ गइरहेको टयाक्टरमा ठुलो प्लास्टिकका ५ र सानो २ वटा पोकामा प्याक गरी राखिएको सो गाँजासहित ट्रयाक्टर चालक र सहचालक दुवैलाई प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मिर्चैया १ निवासी १९ वर्षे ट्रयाक्टर चालक सुन्दर कापर र सोही ठाउँका निवासी २६ वर्षे सहचालक जितेन्द्र महतो रहेका छन् । बरामद गरिएका गाँजा सहित टयाक्टर र पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

पोखरीमा डुबेर दुई जनाको मृत्यु

सिरहामा केहि दिनभित्रै रोपाइँ सकिने

मधेसको राजस्व सङ्कलनमा प्रगति

फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

प्रतिक्रिया