जनकपुरधामकाे राजदेवीमा १४ हजारभन्दा बढी बलि प्रदान

जनकपुरधाम - जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बलिप्रदान गरिएकाे छ । पुजा व्यवस्थापक महावीर युवा कमिटीका अनुसार यसवर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइएको हो ।
निशा पूजा सम्पन्न भएलगत्तै बोकाबलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो भने प्रत्येक ठेहामा १० जनाको समूहमा स्वयंसेवक परिचालित गरी प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको कमिटीका अध्यक्ष बलराम साहले जनाएकाे छ ।
उनका अनुसार राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो । बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए । बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो । गत वर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाको बलि दिइएको थियो ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया