तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु
तनहुँ - चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौ वर्षीया बालिका स्वीकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।
छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको बताइएको छ । उनको शव जंगलमा फेला परेको हो । बालिकाको घाँटीमा चोट देखिएको वडा अध्यक्ष लामिछानेले बताए । तनहुँमा चार वर्षदेखि चितुवाको आक्रमण बढेको छ । १ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन् ।

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

प्रतिक्रिया