कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दा बढीको मृत्यु

किन्सासा - डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन् । कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो।
यहाँका मानिसहरू देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् । उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ। उक्त दुर्र्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्।
यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन यो । सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको ढुङ्गा हो । प्रवक्ताका अनुसार दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ ।
पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन्। प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन् । (रासस)

इरानद्वारा इजरायलतर्फ मिसाइल प्रहार, दक्षिण क्षेत्रको विद्युत पूर्वाधारमा क्षति
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

प्रतिक्रिया