प्रधानमन्त्रीले स्थगित गरे संवैधानिक परिषद् बैठक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक स्थागित गरेका छन् । चौतर्फी दबाब थेग्न नसकेपछि ओलीले बैठक स्थागित गरेका हुन् । बिहानमात्रै बिहीबार साँझ परिषद् बैठक बोलाएका थिए ।
विद्यमान कानुनलाई चुनौती दिंदै मौखिक रूपमा बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । त्यसपछि बैठकको बारेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ओलीले छलफल गरेका थिए । जबराले पनि कानुनी प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको बालुवाटार स्रोतले नै बतायो ।
दलभित्रको खिचातानी, चौतर्फी दबाब, कानुनी राज्यको उपहाससँगै प्रधानमन्त्री ओलीले परिषद्को बैठक स्थगित गर्ने तहमा पुगेका हुन् । उनले परिषदको बैठक अध्यादेश अनुसार बोलाएका थिए । सत्तारुढ नेकपाको बुधबार बसेको स्थायी समितिमा अध्यादेश फिर्ता गर्ने सहमति बनेको थियो । सहमति भएको १२ घण्टा नहुँदै उल्टाएको भन्दै पार्टीबाट ओलीको आलोचनासमेत भएको थियो ।
र यो पनि
सहमति लत्याउँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- प्रधानमन्त्रीले संविधानलाई ुगुच्चाु बनाए

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया