शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

शुक्रबार थपिए ७६४ संक्रमित

फाइल फोटो

काठमाडौँ- देशभर ७६४ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १० हजार ६८८ जनाको कोभिड परीक्षण गरिएको थियो । जसमा पीसीआर परीक्षणबाट ७१५ र एन्टीजेन्ट विधिबाट ४९ जनाकाे परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्‍लाे चाैबिस घण्‍टामा १० जनाको मृत्यु भएकाे छ । हालसम्म काेभिडले मृत्‍यु हुनेकाे संख्या ११ हजार २१० पुगेकाे छ । देशभर सक्रिय संक्रमितकाे संख्या १५ हजार ६१४ छ ।

 यस्‍तै आईसीयूमा ३१३ र भेन्टीलेटरमा ११३ उपचाररत छन् । होम आईसोलेशनमा १४ हजार ४६१, संस्थागत आईसोलेशनमा ११५३ र क्वारेन्टाइनमा २४१ जना छन् ।