फिलिपिन्सका उपराष्ट्रपति आगामी निर्वाचनमा राष्ट्रपतिमा उठ्ने

मनिला- फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् । यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछिउमेद्वारी घोषणा गरेकी हुन् ।
रोब्रेडोले यसअघि भनेकी थिइन् - उनी चुनाव लड्ने निर्णय गर्न सक्छिन् यदि पूर्व सिनेटर फर्डिनान्ड "बोङबोङमार्कोस जुनियर पनि राष्ट्रपतिको उमेद्वार बनेको अवस्थामा । मार्कोसजसलाई उनले २०१६को उपराष्ट्रपति पदको दौडमा झिनो मतलेपराजित गरेकी थिइन् । बुधबार बोङबोङले राष्ट्रपतिको उमेद्वारी दर्ता गरेपछि रोब्रेडोले पनि उनका विरुद्ध चुनाब लड्ने घोषणा गरेकी छिन् । फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै चुनिने व्यवस्था छ । (एपी)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया