आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

इक्यान शैक्षिक मेला भर्चुअल माध्यमबाट

काठमाडौंः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटकको बृहत शैक्षिक मेला अनलाइन मार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गते देखि ५ गते सम्म अनलाइन मार्फत् सञ्चालन हुनेछ । 

इक्यानले कोरोना महामारीका कारण समयमा आयोजना हुन नसकेको मेला भौतिकरुपमा उपस्थित हुने अवस्था नभएकाले अनलाइन मार्फत् गरेर भए पनि विद्यार्थी, अभिभावक लगायतलाई जानकारी दिने जनाएको छ । 

कोरोना भाइरसको महामारीका कारण भौतिक रुपमा उपस्थित हुने अवस्था नरहेकाले अनलाइन मार्फत् बृहत शैक्षिक मेला आयोजना गरी सम्पूर्ण जानकारी दिन लागिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । 

अध्यक्ष पाण्डेका अनुसार अनलाइन मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, उनीहरुका अभिभावक तथा सरोकारवाला पक्षहरुले सहभागी भइ विभिन्न प्रकारका शैक्षिक जानकारी लिन र जिज्ञाशा मेट्न सक्ने उनको भनाई छ  । 

इक्यानका महासचिव दिपक राज भुसालका अनुसार अनलाइन मार्फत् आयोजना हुने मेलामा विद्यार्थी तथा अभिभावकहरुले विगतमा जस्तै विभिन्न देशमा रहेका विश्वविद्यालय, कलेज, अध्ययनका लागि लाग्ने शुल्क, भिसा प्रक्रिया, छात्रवृत्तिका बारेमा जानकारी लिनुका साथै त्यसका लागि लाग्ने आवश्यक प्रक्रिया बारे जानकारी लिन सक्नेछन् । 

अनलाइन माध्यमबाट आयोजना हुने मेलाको व्यवस्थापन वन अप प्रा लि ले गर्ने भएको छ । अनलाइन शैक्षिक मेलामा १५० भन्दाबढी कम्पनीको सहभागिता रहने इक्यानले जानकारी दिएको छ ।