नाइजेरियामा बन्दुकधारीद्वारा २४ जनाको हत्या

नाइजेरिया - बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन् । उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा ठूलो सङ्ख्यामा आक्रमण गर्ने, अपहरण गर्ने, लुटपाट गर्ने, आगजनी गर्नेलगायतका हिंसात्मक क्रियाकलाप गर्दै आएका छन् ।
सरकारी सैनिकले गतहप्ता त्यस क्षेत्रका आक्रमणकारीहरूलाई निस्तेज पारेको दाबी गरे पनि उनीहरूले आक्रमणलाई निरन्तरता दिएका छन् । बिहीबार मोटरसाइकलमा आएका सयौँ आक्रमणकारीहरूले देशको कात्सीना र जाम्फारा क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।
उनीहरूको आक्रमणमा परी स्थानीय बासिन्दाको मृत्यु भएको छ भने दर्जनौँको घरबार जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया