झाडापखाला फैलिएको कपिलवस्तुमा सरकारी विज्ञ टाेली

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडा-पखाला प्रभावित कपिलवस्तुमा अनुगमन गर्न तीन जना चिकित्सकको टोली पठाएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शशी कँडेल, कौशलचन्द्र सुबेदी र विश्व स्वास्थ्य संगठनबाट डा. रबिन गौतमलाई पठाएको हो ।
कृष्णनगर नगरपालिकाको ३,४,७,८,९ र १२ मा १८ गते बेलुकीदेखि झाडापखाला देखिएको थियो । झाडा तथा बान्ताका बिरामीहरूको शिवराज अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार बिहानसम्म उपचारका लागि ३७० जना उपचाररत थिए । २२८ जना डिस्चार्ज भइसकेका छन् । ११० जना उपचाररत छन् ।
३२ जनालाई उपचारका लागि तौलिहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।उनका अनुसार पाँच जना दिशाको नमुना संकलन गरी परीक्षण गरिरहेको छ । नतिजा आउन बाँकी रहेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालयको आपसी समन्वयमा औषधि तथा जनशक्ति परिचालन गरी झाडापखला नियन्त्रणका लागि प्रयास भइरहेको उनले बताए ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया