५० प्रतिशतले लगाए भेरोसेल खोप : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ- नेपालीले सबैभन्दा बढी भेरोसेल खोप लगाएका छन् । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भेरोसेल खोप ५० प्रतिशत बढीले लगाएको बताएका छन् । 'धेरै मानिसले भेरोसेल खोप लगाएकामा खुसी छु,' उनले टवीटरमा लेखेका छन् ।
हालसम्म १ करोड ४४ लाख ३९ हजार २८५ जनाले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । पहिलो मात्रा ८० लाख ८ हजार ८५४ र दोस्रो मात्रा ६४ लाख ३० हजार ४३१ जनाले लगाइसकेका छन् ।
'जसमध्ये ५० प्रतिशत भेरोसेल खोप लगाएका छन,' राज्यमन्त्री श्रेष्ठले भने । भेरोसेलको पहिलो मात्रा लगाउनेको संख्या ५२ लाख ४ हजार ३ सय ४८ र दोस्रो मात्रा ३३ लाख ४६ हजार ५३९ जनाले लगाइसकेका छन् ।
अहिलेसम्म चीनबाट अनुदानस्वरुप १८ लाख, रेडक्रसद्वारा १ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । हालसम्म नेपालले चीनबाट १ करोड ३ लाख खोप ल्याइसकेको छ ।
It gives me immense pleasure to share with you that we've administered 8.3million VeroCell vaccines, that is more than 50% of the total jabs administered so far. During the meeting with Excellency @PRCAmbNepal, we've discussed on furher cooperation & strengthening bilateral ties. pic.twitter.com/pGQ4KP9VG4
— Umesh Shrestha (@MohpStateMin) October 6, 2021

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया