सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

'इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन'

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उनले सो कुरा बताएका हुन् ।

उनले भनेका थिए- इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाइ देश निकाला गरेको छ । इथियोपियाले हालैमात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो । 

इथियोपियाले ७२ घन्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए । (सिन्ह्वा)