क्यानडाका प्रधानमन्त्रीले भने–खोप नलगाएका कर्मचारी वेतलबी बिदामा बस्नू

ओटावा - क्यानडाले खोप नलगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राख्ने भएको छ । सरकारले कोभिड खोपसम्बन्धी नयाँ व्यवस्था जारी गर्दै खोप नलगाउने सम्पूर्ण कर्मचारीलाई बिदामा राख्ने बताएको हो ।
त्यसैगरी, रेल र जहाजको सेवा लिन पनि अनिवार्य खोप लगाएको हुनुपर्ने प्रधानमन्त्री जस्टि ट्रुडोले बताएका छन् । नयाँ व्यवस्थाअनुसार अक्टोवर २९ सम्म संघीय कर्मचारीले आफूले पूर्ण खोप लगाएको प्रमाण पेस गर्नु पर्नेछ ।
त्यस्तै, रेल, विमान र पनडुब्बीमा काम गर्ने कर्मचारीले ३० अक्टोबरभित्र खोप लगाएको प्रमाण पेस गर्नुपर्नेछ । ‘संघीय कर्मचारीका लागि ल्याइएको नयाँ प्राबधान विश्वमा लागू गरिएका कडा नियममध्ये एक भएको प्रधानमन्त्री ट्रुडोले बताए ।
‘तपाईँले राम्रो काम गर्नुहुन्छ र खोप लगाउनु हुन्छ भने खोपबाट पनि सुरक्षित बन्नुहुन्छ,’ प्रधानमन्त्रीले भने । क्यानडमा संघीय सेवाका ३ लाख र संघीय मातहतका ९ लाख ५५ हजार कर्मचारी छन् । क्यानडामा ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् । खोप लगाउनेमा १२ वर्षसम्मका व्यक्ति छन् । एजेन्सीको सहयोगमा

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

प्रतिक्रिया