पाकिस्तानमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प, २० जनाको मृत्यु

काठमाण्डौ – पाकिस्तानमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्पको धक्का महससुस गरिएको छ । दक्षिणी पाकिस्तानको बालोचिस्तान प्रान्तमा गएको भूकम्पमा परी २० जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका रोयटर्सले जनाएको छ । मानिसहरू सुतिरहेको बेला बिहीबार बिहान भूकम्प गएको थियो।
समाचारमा जनाइएअनुसार भूकम्पको इपिसेन्टर बालोचिस्तान प्रान्तको क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्र रहेको छ । इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको छ । भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन् ।
उद्धारकर्मीहरूका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया