सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

सप्तरीमा युवती मृत फेला

सप्तरी- रुपनी गाउँपालिका-६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन्  । 

रुपनी गाउँपालिका-२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ  । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन  ठीक नरहेको भन्दै आफैँ रूखमा झुन्डिएको हुन सकिने बताइएको छ ।

घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदानी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो । रासस