रुसमा कोरोनाले एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

मस्को- रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।
यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ । त्यसैगरी पछिल्लो एक दिनमा २५ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितहरूको सङ्ख्या ७६ लाख ३७ हजार ४२७ पुगेको छ ।
अधिकारीहरूका अनुसार रुसमा अहिलेसम्म भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या ६७ लाख ५९ हजार ५९ रहेको छ । तीमध्ये १८ हजार ५६८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।
रुसमा अहिले पनि दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम भएको छ । त्यसैले सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
नयाँ सङ्क्रमितहरूको सङ्ख्या केन्द्रीय राजधानी मस्कोमा बढेको पनि अधिकारीहरूले जनाएका छन् ।
सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढ्दै गएपछि रुसमा फेरी कोरोनाभाइरसको महामारीले पार्ने चिन्ता थपिएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया