सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

भौतिक विज्ञानतर्फका तीन वैज्ञानिकलाई नोबल पुरस्कार

काठमाडौँ - भौतिक विज्ञानतर्फका तीन वैज्ञानिकले नोबल पुरस्कार २०२१ पाउने भएका छन् । पृथ्वीको जलवायुजस्तो जटिल प्रणालीको विषयमा अनुसन्धान गरेका ती वैज्ञानिकलाई पुरस्कार दिने घोषणा भएको हो । 

स्टकहोममा गरिएको पत्रकार सम्मेलनमा स्युकुरो मन्याब, क्लौस ह्यासलम्यान र गर्जियो प्यारिसीलाई पुरस्कृत गर्ने घोषणा भएको हो । उनीहरूले करिब ११ लाख अमेरिकी डलर बराबरको धनराशी प्राप्त गर्नेछन् । स्युकुरोले वायुमण्डलमा कार्बनडाअक्साइडको तह बढ्दै जाँदा कसरी पृथ्वीको तापमान बढिरहेको छ भनी अनुसन्धान गरेका थिए ।

क्लौसले मौसम परिवर्तनशील र भद्रगोल हुँदा पनि कसरी जालवायुलाई स्थिर राख्न सकिन्छ भन्ने प्रश्नको खोज गरेका थिए । गर्जियोले असन्तुलीत र जटिल पदार्थको रहस्यको पोको फुकाएका थिए ।