बाइडेनद्वारा माथिल्लो सदनमा बहुमत पुर्याउने अभियानको थालनी

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पुर्याउने अभियान मंगलबार थालनी गरेका छन् । रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटका नेता मिच म्याक्कोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लागेका हुन् ।
सिनेटको दुई सदस्यका लागि जर्जिया राज्यमा आगामी जनवरी ५ मा चुनाव हुँदैछ । यो चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएमा सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक पार्टी दुबैको समान ५०–५० स्थान हुनेछ ।
राष्ट्रपति चुनावमा जर्जिया राज्यमा बाइडेन विजयी भए पनि सिनेटका लागि उम्मेदवार रहेका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले ५० प्रतिशत मत प्राप्त गरेका थिएनन् । त्यही कारण जर्जियामा दोस्रो चरणको मतदान हुन लागेको हो ।
बाइडेन चुनावी प्रचार र सभाहररूका लागि जर्जिया प्रस्थान गरेका छन् । जर्जियामा डेमोक्रेटिक पार्टीका तर्फबाट जन ओस्सोफ र राफेल वार्नोक उम्मेदवार बनेका छन् । यसअघि जर्जियाका दुवै स्थानमा रिपब्लीकन पार्टीका उम्मेदवार विजयी भएका थिए ।
राष्ट्रपति–निर्वाचित बाइडेनले भनेका छन्, “यी दुई व्यक्ति मलाई दिनुहोस्, हामी सिनेटमा नियन्त्रण गर्न सक्षम हुनेछौं ।” इलेक्टोरल कलेजले बाइडेन विजयी भएको घोषणा गरेलगत्तै सिनेटका लागि रिपब्लीकन र डेमोक्रेटिक पार्टीबीच तानातान शुरु भएको छ ।
यसैबीच बाइडेनले इन्डियानका पूर्व मेयर पिट बुटिजिगलाई यातायात मन्त्रालयको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।
चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अझै स्वीकारेका छैनन् । तर सिनेट रिपब्लीकनका नेता मिच म्याक्कोनेलले राष्ट्रपति ट्रम्पलाई एक सन्देश पठाई अब चुनावी दौड समाप्त भएको बताएका छन् ।
सिनेटको बैठकमा पनि म्याक्कोनेलले भने, “इलेक्टोरल कलेजले पनि बोलिसक्यो । त्यसैले आज म राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिन चाहन्छु ।” (रासस)

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया