जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी

टोकियो- जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन् ।
उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।
उनले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गरेको जनाइएको छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लागेका हुन् ।
निर्वाचन गराउनका लागि उनले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाइएको जनाइएको छ ।
प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् । (सिन्ह्वा)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया