कोभिड संक्रमित पूर्वगृहमन्त्री खड्काको स्वास्थ्यमा सुधार

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थामा सुधार आएको छ । कोभिड– १९ संक्रमण देखिएपछि खड्कालाई १२ असोजमा बलम्बुस्थित एपीएफ अस्पतालमा भार्ना गरिएको थियो ।
सोही अस्पतालमा उपचारत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई कोभिडका साथै निमोनिया पनि देखिएको बताइएको छ ।
उनको स्वास्थ्यका सबै सूचकहरू सामान्य अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन् । ‘उहाँको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ,’ अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया