सोमबार देशभर १०३० संक्रमित

काठमाडौँ- देशभर १०३० कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १० हजार ८७४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ८१२ र एन्टीजेन्ट विधिबाट २१८ कोभिड परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा १ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भइसकेका छन् । १० जनाको मृत्यु र हालसम्म देशभर ११ हजार १७४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित १६ हजार ६०६ जना छन् । आईसीयूमा ३५१ र भेन्टीलेटरमा ११८ जना उपचाररत छन् । होम आईसोलेशनमा १५ हजार ५३४ , संस्थागत आईसोलेशनमा ११५२ र क्वारेन्टाइनमा २४१ जना छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया