माली बम आक्रमणमा एक शान्ति सेनाको मृत्यु, ४ जना घाइते

संयुक्त राष्ट्रसंघ - मालीको उत्तरी किडाल क्षेत्रमा विस्फोटक उपकरणको आक्रमणमापरी संयुक्त राष्ट्रसंघबाट खटिएका इजिप्टका एक शान्ति सेनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको संयुक्त राष्ट्रसंघले शनिबार जनाएको छ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिककाअनुसार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको काफिलामा हमला टेसालिट नजिकै भएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मालीका अधिकारीहरूलाई आक्रमणकारीहरूको पहिचान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ताकि उनीहरूलाई छिटो भन्दा छिटो न्यायको दायरामा ल्याउन सकियोस्। महासचिव गुटेरेसले शान्ति सेनाहरू बिरूद्धका हमलाहरू अन्तरराष्ट्रिय कानून बमोजिम युद्ध अपराध हुनेबताएका छन्।
संयुक्त राष्ट्रसंघकामहासचिव गुटेरेसले मालीका अधिकारीहरूलाई फोन गरी संयुक्त राष्ट्रसंघले माली सरकार र जनतालाई दिएको समर्थनको पुष्टि गरे र मारिएका इजिप्टका सैनिकको परिवारप्रति र सरकार एवं इजिप्टका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै आक्रमणका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
माली २०१२ देखि एक इस्लामिक चरमपन्थी विद्रोहलाई नियन्त्रण गर्न कोसिस गरिरहेको छ। २०१३ को फ्रान्सेली नेतृत्वको सैन्य अभियानको सहयोगमा मालीको उत्तरी शहरहरूमा चरमपन्थी विद्रोहीहरुलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो। विद्रोहीहरू चाँडै मरुभूमिमा पुनर्गठित भए अनि मालीकासेना र यसका सहयोगीहरूका विरुद्ध निरन्तर हमला गरिरहेका छन् ।
चरमपन्थीहरुले मध्य मालीसम्म आफ्नो पहुँच विस्तार गरेका छन्, जहाँ उनीहरूको उपस्थितिले यस क्षेत्रका जातीय समूहहरू बीच तनाव बढेको छ।
इस्लामिक चरमपन्थीहरूले उत्तरका प्रमुख शहरहरुको नियन्त्रण लिए पछि संयुक्त राष्ट्रसंघीय शान्ति मिशन २०१३ देखि मालीमा रहेको छ। यो शान्ति सेनाका लागि सबैभन्दा घातक बनेको छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया