सुदूरपश्चिममा कोभिड संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने दोब्बर

कैलाली – सुदूरपश्चिम प्रदेशमा आइतबार कोभिड संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभर १५ जनामा संक्रमण पुष्टि हुँदा २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ५ सय ७० जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । पाँच जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।
पीसीआर विधिमार्फत महाकाली अस्पतालमा तीन र डडेल्धुरा अस्पतालमा दुई जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा छ, कैलाली र बैतडीका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराका ७० वर्षीय पुरुष रहेका छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया