नेपाली क्रिकेट टिम मार्चमा ओमान जाने

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले क्रिकेट वल्डकप लिग-२ को नयाँ खेल तालिका सार्वजनिक गरेको छ । विश्व क्रिकेट नियामक निकायले बुधबार जारी गरेको मिडिया रिलिजमा उल्लेख गरिएको तालिका अनुसार नेपालले ओमानमा आगामी मार्चमा त्रिदेशीय श्रृङ्खला खेल्नेछ ।
आयोजक ओमान, नेपाल र अमेरिका सहभागी हुने एकदिवशिय श्रृङ्खला मार्च १९ देखि २८ सम्म खेलिनेछ । लिग-२ को छैटौं सिरिजमा यी तीन टोलीले ६ एकदिवशिय खेल खेल्नेछन् । सन् २०२१ देखि २०२३ सम्म १४ वटा सिरिज अन्तर्गत ९६ एकदिवशीय खेलहरु खेलाइनेछ । लिग-२ को अंक तालिकामा १० खेलबाट १६ अंक बटुल्दै ओमान शिर्षस्थानमा रहेको छ भने अमेरिका १२ खेलबाट १२ अंक सहित दोस्रो स्थानमा रहेको छ । सात टिम सम्मिलत लिग-२ मा नेपाल चार खेल खेल्दै चार अंक बनाएर छैटौ स्थानमा छ ।
त्यस्तै, आइसीसीका अुसार नेपालले जुलाईमा हुने अर्को श्रृङ्खलामा घरेलु टोली स्कल्यान्ड र नामिवियाको सामना गर्नेछ । सन् २०२२ को फेबुअरीमा नेपालले पनि त्रिदेशिय श्रृङ्खलाको आयोजना गर्नेछ । जसमा नेपाल बाहेक, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्यूगिनीको सहभागिता रहनेछ ।
त्यसको पाँच महिनापछि नेपालले अमेरिकामा हुने अर्को श्रृङ्खलामा भाग लिनेछ । त्यस श्रृङ्खलामा आयोजक अमेरिका र नेपाल बाहेक ओमान सहभागी हुनेछन् । त्यस्तै, नेपाल सन् २०२२ को सेप्टेम्बरमा पपुवा न्यूगिनीको भ्रमणमा निस्कनेछ । नेपालले पुनः सन् २०२३ फेब्रुअरीमा अर्को श्रृङ्खलाको आयोजना गर्नेछ । त्यसमा नेपाल बाहेक, नामिबिया र स्कटल्यान्ड पाहुना टोलीका रूपमा सहभागी हुनेछन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया