सातवटा समूहका परिसूचक बढ्दा पनि ६.२ अंकले घट्यो बजार

काठमाडौं : बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मंगबारदेखि ओरालो लागेको सेयर बजारमा बुधबार पनि सामान्य करेक्सन आएको छ । बुधबार नेप्से परिसूचक ६.२ अंकले घटेको छ । कारोबारको ०.३ प्रतिशतले घटेर २ हजार ५५ दशमलव २२ विन्दुमा पुगेको छ ।
बजार बुलिश ट्रेण्डमा हुँदा सेयर बेचेर नाफा बुक गर्न चाहाने लगानीकर्ताका कारण बजार सामान्य करेक्सन भइरहन्छ । पुराना लगानीकर्ता बेचेर निस्कन खोज्छन्, नयाँ लगानीकर्ता सेयर किनेर बजारमा प्रवेश गर्छन् । त्यसकारण बजार केही बढेपछि घट्नु सामान्य हो ।
यस अवधिमा १९९ वटा कम्पनीको ४९ हजार १ सय ५९ पटकको कारोबारमा १ करोड ५ लाख ५८ हजार ३ सय ९१ कित्ता शेयर कारोबार भएको छ । ५ अर्ब १४ करोड ४६ लाख रुपैयाँ बराबरको खरीदबिक्री भएको छ ।
कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ५ वटा समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जलविद्युत समूहका परिसूचक १.४३ प्रतिशतले घटेको छ । बढ्नेमा सबैभन्दा बढी माइक्रोफाइनान्स समूह रहेको छ । यो २.३४ प्रतिशतले बढेको हो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया