सुतेको बेला आमाको मृत्यु भएपछि फ्रान्समा दुई बालिका लामो समय शवसँगै बिताएको पुष्टि

रेनेस, फ्रान्स - उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् । 'शान्त रहुनुहोस्, आमा सुतिरहनुभएको छ,' प्रहरीले महिला र बालबालिकाबारे जानकारी लिन पुग्दा बालिकाहरूले बताएका प्रत्यक्षदर्शीले एएफपीलाई जानकारी गराए । मानस सहरमा बुधबार लामो अनुपस्थितिपछि विद्यालयबाट जानकारी गराएपछि उनीहरूको अपार्टमेन्टमा आएका प्रहरी अधिकारीहरूलाई बालिकाहरूले नचलाउन भनेका बताएको अभियोजनकर्ताको कार्यालयले बतायो ।
त्यसपछि सुरक्षा अधिकारीले आफूहरूले आमासँग भेटेर जाँने बताएपछि बालिकाहरूले ढोका खोलिदिएका थिए । परीक्षणपछि ती महिलाको केही दिन पहिले नै मृत्यु भएको बताएका थिए । सन् १९९० मा आइभोरी कोस्टमा जन्मेकी र प्राकृतिक मृत्युवरण गरेकी ती महिला केही बर्षदेखि फ्रान्सको मानस सहरमा बस्दै आएकी पत्ता लागेको छ ।
घटनापछि ती केटीहरूलाई अस्पताल लगेर स्याहार केन्द्रमा राखिएको छ भने उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिइराखिएको छ । तिनीहरूले आफ्नी मृत आमासित अपार्टमेन्टभित्र कति समय बिताएका थिए भन्ने कुरा अझै स्पष्ट हुन नसकेको प्रहरीले बताएको छ ।
मानसकी अभियोजनकर्ता डेल्फिन डेभले एएफपीसँग भनिन्, 'हामीले आपराधिक सम्लग्नता (परिकल्पना) लाई इन्कार गरेका छौं । अब हामी केही दिन पर्खेर ती सानी छोरीहरूको साक्षी बयान लिने कोसिस गर्नेर्छौं ।' रासस

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया