मीनराज वसन्तद्वारा अनूदित ‘लेनिन’ बजारमा

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले नेपाली कम्युनिष्ट क्रान्तिमा अहिले ब्रेक लागेको बताएका छन् । लेखक राहुल सांकृत्यायनको ‘लेनिन’ नामक पुस्तकको नेपाली अनुवादको शनिबार विमोचन कार्यक्रममा चौधरीले यस्तो बताएका हुन् ।
अनुवादक मीनराज वसन्त रहेको उक्त पुस्तक बीएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो । पुस्तकमा लेनिनको बाल्यकाल, क्रान्ति दीक्षा, प्रथम विश्वयुद्ध, गृहयुद्ध, आन्तिम विजय, लेनिनका केही गुण र निधनसम्मका विषयवस्तु समेटिएका छन् । ‘कम्युनिष्ट क्रान्तिको अहिले ब्रेक लागेको समयमा शक्ति सञ्चयका साथै नेता एवम् कार्यकर्ताको बानी व्यवहार र विचलन भइरहेकाले संगठन सुधारमा हामी सबै जुट्नुपर्छ,’ पुस्तक विमोचन गर्दै सांसदसमेत रहेका चौधरीले भने । लेनिनबारे बुझ्न चाहने सबैका लागि पुस्तक उपयोगी हुने अनुवादक वसन्तको भनाइ छ ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया