जापानकी राजकुमारी माकोले सर्वसाधारणसँग बिहे गर्ने

टोकियो- जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्ने भएकी छन् । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गरेकी हुन् । उनले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसकेकी थिइन् । मिति भने तय भएको थिएन ।
झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चासमेत भएको थियो । उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउने बताइएको छ । राजपरिवारका अन्य सदस्यको भन्दा उनको बिहे धेरै फरक हुने भएको छ ।
'राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,' शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।
जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिइन् । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाउने भएकी छन् । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उनीहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ । (एएफपी)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया