बेलायतमा एकैदिन ३४ हजार बढीमा कोरोना सङ्क्रमण

बेलायत- बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्रमित पाइएको बताइएको थियो । तर मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ ।
तर बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन सङ्क्रमितहरु बढ्दै गएको बताएका छन् । मंगलबार सो संख्या केही कमी आएको हो । त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १६७ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ३७५ जना पुगेको पनि बताइएको छ ।
यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् । (सिन्ह्वा)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया