आरएसडिसी लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको ७औं वार्षिक साधारणसभा पुस २४ गते बस्ने तय भएको छ । यो साधारणसभाले लाभांश दिने भएको हो ।
सञ्चालक समितिले चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार ७ सय २० रुपैयाँबाट बढाएर ७३ करोड १९ लाख ५९ हजा। ७ सय ६५ रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । समितिले २ करोड ४३ लाख ८६ हजार ८ सय ७८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । यो चुक्ता पूँजीको ३.६३१५८ प्रतिशत हो । त्यस्तै ६ करोड चार लाख ३७ हजार ४५ रुपैयाँ बोनस सेयर दिने प्रस्ताव छ । यो चुक्ता पूँजीको ९ प्रतिशत हो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया