सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

जापानमा शक्तिशाली भूकम्प

टोकियो - जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।  भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् । (रासस)