लक्षित जनसंख्याको ५९ प्रतिशतले कोभिडविरुद्धको खोप लगाए
संक्रमण दर १३ बाट ८ प्रतिशतमा झर्यो

काठमाडौँ- देशभर असोज १२ गतेसम्म लक्षित जनसंख्याको ५९ दशमलव ५ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएका छन् । सरकारले खोप लगाउने छुट्यएको लक्षित जनसंख्या २ लाख १७ हजार ५६ हजार ७६३ जना छन् ।
पहिलो मात्रा ३१ दशमलव २ प्रतिशत र पूर्ण मात्रा २८ दशमलब ३ प्रतिशतले खोप लगाएका छन् । मंगलबारसम्म देशभर कोभिड संक्रमितको दर ८ दशमलव ३ प्रतिशत रहेको छ ।
भदौसम्ममा लक्षित जनसंख्याको ४४ प्रतिशतले खोप लगाइसकेका छन् । पहिलो मात्रा २४ दशमलव ५ प्रतिशत र पूर्ण मात्रा २० दशमलव ५ प्रतिशतले लगाएका थिए । भदौ महिनामा संक्रममण दर १३ दशमलव ६ प्रतिशत रहेको थियो ।
सरकारले असोजसम्ममा खोपको पूर्ण मात्रा ३३ प्रतिशतमा लगाउने लक्ष्य राखेको छ । त्यसैगरी चैतसम्ममा सबैलाई खोप लगाउनेसमेत लक्ष्य राखेको छ ।
खोप अभियान सुरु भएदेखि हालसम्म १ करोड २९ लाख ५८ हजार ५०८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । नेपालमा माघको दोस्रो सातादेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । सरकारले पहिलोपट भारतले अनुदान स्वरुप उपलब्ध गराएको कोभिसिल्ड खोप नागरिकलाई लगाएको थियो ।
सरकारले हाल देशमा भारतबाट ल्याइएको कोभिसिल्ड, भुटान र जापानको अष्ट्राजेनिका, अमेरिकाको जोनसन एण्ड जोनसन र चीनबाट ल्याइएको भेरोसेल जस्ता खोप लगाइरहेको छ ।
खोप लगाउन सबै जना सहभागी हुनु भनेको सकरात्मक कुरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी रहेकाले आफ्नो पालोमा लगाउनलाई मन्त्रालयले अनुरोध गरेको छ ।
नेपालमा १ करोड ५८ लाख ७९ हजार ४ हजार खोप भित्रिएको छ । केही दिन अघि मात्र चीनबाट ४४ लाख भेरोसेल खोप ल्याइएको थियो ।
चीनबाट अनुदानस्वरुप १९ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । शुक्रबार मात्र चीन रेडक्रसले नेपाल रेडक्रसलाई १ लाख डोज खोप सहयोग गरेको छ ।
भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरूप र खरिद गरी १० लाख ल्याइएको छ । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया