लगानी बोर्डले बुझ्यो चार ठूला परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन

काठमाडौंः लगानी बोर्डले सहजीकरण गसररहेका मध्ये चार ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले उक्त परियोजनाका विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डमा पेश गरेका छन् ।
वीरगञ्ज र भैरहजामा निर्माण हुने निजी फ्रेट टर्मिनल तथा बल्क कार्गो ह्याण्डलिङ्ग सुविधा परियोजनाका लागि विकासकर्ता कम्पनी फ्ल्याश फ्रेट लजिस्टिक्स एण्ड इन्टरनेशनल कार्गा टर्मिनल एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले आज विस्तृत सम्भावना अध्ययन प्रतिवेदन पेश गरेको हो । यो प्रतिवेदन तयार गर्न विकासकर्ता कम्पनी र लगानी बोर्डबीच गत वर्ष मंसीर १५ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसका अतिरिक्त, विराटनगरमा निर्माण हुने मल्टि मोडल लजिस्टिक पार्क परियोजना विकासकर्ता सीजी लजिस्टिक्स प्रालि र सर्राफ ग्रुपले पनि विस्तृत सम्भावना अध्ययन प्रतिवेदन बोर्डलाई बुझाएका छन् । यस परियोजनाका लागि विकासकर्ता कम्पनी र बोर्डबीच गत वर्ष असार २ मा सहमति भएको थियो ।
नेपाल–चीन मैत्री औद्योगिक पार्क परियोजनाको विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लीन इन्डस्ट्रियल पार्कले पनि आजै विस्तृत सम्भावना अध्ययन प्रतिवेदन बोर्डमा पेश गरेको छ । गत वर्ष साउन १७ मा सम्पन्न लगानी बोर्डको २९औं बैठकले उक्त परियोजना विकासका लागि ५८ करोड ६१ लाख अमेरिकी डलर बराबरको लगानी स्वीकृत गरेको थियो । उक्त परियोजना ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन चिनफिङ ज्वइन्ट क्रिएशन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी र दमक क्लीन इन्डस्ट्रियल पार्क को संयुक्त लगानीमा झापाको दमकमा निर्माण हुन लागेको छ ।
साथै, विरठाँटी – मुक्तिनाथ केवलकार निर्माणको लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रालिले यही मंसीर १४ मा बोर्ड समक्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेश गरेको थियो । कुल ८०.१६ किमी लामो प्रस्तावित केवलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको हुने लगानी बोर्डको कार्यालयले जनाएको छ ।
आज लगानी बोर्ड कार्यालयको समन्वयमा बोर्ड कार्यालय, नेपाल विद्युत् प्राधिकरण र होङ्सी शिवम् सिमेन्ट परियोजनाका पदाधिकारहरूबीच उक्त परियोजनाका लागि आवश्यक विद्युत् प्रसारणलाइन निर्माणमा उत्पन्न समस्या समाधानको लागि छलफल भएको छ । उक्त छलफलमा नेपाल विद्युत् प्राधिकारणका कायम मुकायम कार्यकारी निर्देशन हीतेन्द्रदेव शाक्यले आगामी जेठभित्र उक्त परियोजनाको लागि प्रसारणलाइन निर्माण गरी विद्युत आपूर्ति गर्ने प्रतिवद्धता व्यक्त गरेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त बैठकमा लगानी बोर्डका सीईओ सुशील भट्टले ठूला परियोजना कार्यान्वयनले रोजगारी सिर्जना लगायत देशको समग्र आर्थिक–सामाजिक विकास उल्लेख्य योगदान पुग्ने भन्दै सहजीकरणका लागि बोर्डले यथाशक्य प्रयास गरिरहेको बताएका छन् ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया