सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

कामना सेवाको 'के.एस डिजी' डिजिटल वालेट सेवा

काठमाडौँ - कामना सेवा विकास बैंकले के एस डिजी वालेट सेवा सुरु गरेको छ । बैंकले छिटो र क्षरितो सेवा प्रदान गर्ने उद्येश्य अनुरुप कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी डिजिटल वालेट सेवा सुरु गरेको छ । यो सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सुरु गरेको बैंकले जनाएको छ ।

वालेट सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी सेवा सुरु गर्न सक्ने बैंकले जनाएको छ । आफ्नो के वाई सी अपडेट गरेर केएस डिजी वालेट चलाउन सकिन्छ ।

एक कार्यक्रमका बिच बैंकका प्रमुख  कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरे । यस डिजिटल वालेट एपमा फेस गर्न सक्ने आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)  को प्रयोग भएको छ ।  साथै,  अकाउन्ट ‌ओपनिङ, लोन एप्लिकेशन, एम क्यास लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।