सावित्री कंचनजंगा अगरबत्तीको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ - विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको कम्पनीले जनाएको छ
कोभिड-१९ को सङ्क्रमणको त्रास र जारी निषेधाज्ञाका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न आफ्नै कर्मचारीहरुको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना गरेको हो।निषेधाज्ञाकाको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रमबाट ३५ युनिटभन्दा बढी रगत संकलन भएको छ । सावित्री कंचनजंगा अगरबत्तीले समय-समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया