सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

जनार्दन शर्मा भन्‍छन्- अध्यादेश फिर्ता गर

फाइल तस्बिर

काठमाडौं : नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गरेपछि सत्तारुढ दलका नेताहरु रुष्ट बनेका छन् । मन्‍त्रिपरिषद्‍को सिफारिसमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दलका नेताहरु रुष्ट बनेका हुन् ।

नेकपाका नेता जनार्दन शर्माले अध्यादेश फिर्ता हुनुपर्ने धारणा राखेका छन् । 'सत्ता  स्वार्थको  परकाष्ठा किन  ?' शर्माले प्रश्‍न गरेका छन् । छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्‍ने शर्माको धारणा छ ।

'फेरि अध्यादेश ! सत्ता  स्वार्थको  परकाष्ठा किन  ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन' शर्माले ट्‍वीट गरेका छन् 'हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।'

र, यो पनि
- प्रधानमन्त्रीको एकल निर्णय : नेकपा प्रवक्ता
- अध्यादेश जारीपछि देउवा संवैधानिक परिषद् बैठकमा नजाने
- 'सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे'
- राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी
- आकस्मिक मन्त्रिपरिषद् बैठक सकियो
संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक
सभामुख नगएपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
संवैधानिक परिषद्‍को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित
ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
कोरम नपुगेपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
संवैधानिक परिषद् बैठकमा देउवा नजाने
संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?