शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

शनिबार थपिए ९५३ संक्रमित, ६ जनाको मृत्यु

सांकेतिक फोटो

काठमाडौँ - नेपालमा शनिबार थप ९ सय ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५० पिसिआर परिक्षणका क्रममा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टीजेन परिक्षणका क्रममा १ सय ६३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोभिड १९ का कारण थप ६ जनााको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै १३ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १९ हजार ७ सय सक्रिय संक्रमित आइशोलेन र २ सय ३७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।