सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

सानिमाको नयाँ शाखा कन्चनबारीमा

काठमाडौँ - बिराटनगरको कञ्चनबारीमा सानिमा बैंकले नयाँ शाखा खोलेको छ।  बैंकले बिराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिंग सेवा विस्तार गरेको हो। शाखाको ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीले संयुक्त रुपमा गरे ।

उद्घाटनपछि मह जोडीले कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई दिँदै विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिए।

सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकले पाएको निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकले देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. मार्फत बैंकिङ सेवा दिँदै आएको छ।