कुमारी बैंकद्वारा महिलाहरूलाई आत्मरक्षा प्रशिक्षण

काठमाडौँ - कुमारी बैंकले आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण“ देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ ।
महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसंग परिचित गराइ आत्म मनोवल उच्च बनाउने उद्देश्य सहित उक्त प्रशिक्षण शुरु गरिएको थियो ।
महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंक लिमिटेडले कारोवार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैंक विश्वस्त छ । सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण संचालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने तयारी भइसकेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया