राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । मंगलबार दिउँसो भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा १ बमोजिक मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा अध्यादेश बिउँत्याउने छलफल भएको इकागजले बिहान समाचार प्रकाशित गरेको थियो । मन्त्रिपरिषद् बैठकलगत्तै इकागजसँग कुरा गर्दै कृषिमन्त्री घनश्याम भुसालले अध्यादेशबारे बैठकमा कुनै छलफल नभएको झुटो दाबी गरे पनि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।
र, यो पनि
- आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु, अध्यादेश बिउँत्याउने छलफल

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया