खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

तेल अभिभ- इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ । कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
विद्यालयमा कोरोनाभाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन् ।
त्यसैगरी यो निर्णयले सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन दवाब सृजना गर्ने पनि सरकारी अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ । विषेश गरेर शिक्षा क्षेत्रका व्यक्तिहरुलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया