श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

कोलोम्बो- श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोपहरू दिन थालेको बताएका छन् ।
श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार राजधानी कोलम्बोमा बालबालिकाका लागि ‘लेडी रिजवे अस्पताल’मा उत्तर–मध्य प्रान्तको अनुराधापुरा र उत्तरपश्चिमी श्रीलङ्काको कुरुनेगालामा खोप अभियान सञ्चालन गरिनेछ । सिल्भा भन्नुभयो, “चिकित्सकहरूको अवलोकनमा बालबालिकाहरूलाई फाइजर खोप दिन थालिएको छ ।”
यो कार्यक्रम चाँडै देशभरिका सबै जिल्लाहरूमा लगिने सैनिक कमान्डरले बताए । आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्कामा जन्मजात रोग लागेका अनुमानित ५०,००० बालबालिकाहरू छन् जसलाई आगामी दिनहरूमा कोभिड–१९ भाइरस विरुद्ध खोप लगाइनेछ ।
श्रीलङ्का राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत छ र २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ । यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो । यहाँ एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुटनिक–भी लगाउन पनि अनुमति दिइएको छ ।
यस एशियाली मुलुकमा गत मार्च देखि हालसम्ममा कूल पाँच लाख १० हजार ५० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने १२ हजार ४४८ जनाको मृत्यु भएको छ । (सिन्ह्वा)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया