दिल्लीस्थित एक अदालतमा गोली चल्दा ‘ग्याङ्गस्टार’ गोगीसहित चारको मृत्यु

नयाँ दिल्ली - भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताए । आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर गोली चलाएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।
प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो । गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ । उनकोसञ्जालमा ५० भन्दा बढी व्यक्ति रहेका र उनीहरूले मानिसहरूलाई धम्क्याउने, चन्दा सङ्कलन गर्ने र आतङ्कित पार्नेजस्ता अवाञ्छित क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ छ । रासस

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया