नाइजेरियामा सर्पदंसबाट बर्सेनि दुई हजार मानिसको मृत्यु

अबुजा - नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्वास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ ।
हालै सम्पन्न एक अन्तरराष्ट्रिय सर्पदंश जागरूकता दिवसको उपलक्ष्यमा मंगलबार जारी एक वक्तव्यमा नाइजेरियाका स्वास्थ्य राज्यमन्त्री ओलोरुनिम्बे मामोराले एक हजार ७०० देखि दुई हजार मानिसहरूको सर्पदंसको उपचारको क्रममा एउटा खुट्टा वा हात काट्नु परेको बताए ।
सर्पदंसको उपचारमा प्रयोग हुने खोपको व्यवस्थापनको कार्य नाइजेरियाको ग्रामीण भेगमा निकै जटिल बनेको छ । विशेषतः कोबरा वा नाजा निग्रीकोलिस, पफ एडर वा बिटिस एरियटन्स, र कार्पेट वाइपर वा इचिस ओसेलेटस नाइजेरियामा पाइने सर्पका मुख्य प्रजाति हुन् । यीमध्ये पनि कुल टोकाइको ९० प्रतिशत र कुल मृत्युको ६० प्रतिशत कार्पेट वाइपरको टोकाइका कारणबाट हुने गरेको अध्ययनले देखाएको छ ।
सर्पदंसबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन् । मुख्य गरी खेती लगाउने र स्यार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ । अध्यधिक वर्षाले सर्पको बासस्थानमा प्रभावित पारेको र सर्पदंस विरुद्धको खोपको अभावले हालैका दिनमा यसबाट हुने मृत्युदर बढेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै बीच नाइजेरियामा हैजाका कारण वर्षेनी दुई हजार ४०० जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । रासस

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया