डा. टेड्रोस पुगे अफगानिस्तान

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अदानोम घेब्रियसुस अफगानिस्तान पुगेका छन् । उनलाई काबुल विमानस्थलमा तालिबानी सरकारका प्रतिनिधिले स्वागत गरेका थिए ।
डा. टेड्रोसले अफगानी जनताको स्वास्थ्य डब्लुएचओको प्राथमिकता भएको बताएका छन् । उनी डब्लुएचओका पूर्वी भूमध्यसागरीय क्षेत्रीय कार्यालयका निर्देशकसँग त्यहाँ पुगेका हुन् । तालिवानले गत महिना सत्ता कब्जा गरेपछि उच्चस्तरीय संयुक्त राष्ट्रसंघीय अधिकारीको यो पहिलो भ्रमण हो ।
डा. टेड्रोसले अफगानिस्तानस्थित डब्लुएचओ कार्यालयका कर्मचारी, अफगानी स्वास्थ्यकर्मी तथा तालिवानी नेतृत्वसँग भेट्ने कार्यक्रम छ । अफगानिस्तानमा १ लाख ५४ हजार कोभिड–१९ संक्रमित भैसकेका छन् भने ७ हजार एक सय १६ जनाको मृत्यु भैसकेको छ । अफगानिस्तानमा अहिलेसम्म १.१ प्रतिशत जनसंख्याले कोभिड–१९ को पूर्णमात्रा खोप लगाएका छन् ।
त्यहाँ केही वर्षअघि मात्रै पोलियो रोग पनि देखापरेको थियो ।
I'm in #Afghanistan, with @WHOEMRO Director Ahmed Al Mandhari. Protecting the health of the Afghan people is of the utmost priority for @WHO. We will visit health facilities meet with @WHOAfghanistan staff, health workers, and Taliban leadership on these vital issues. pic.twitter.com/O62S9vfqrs
— Tedros Adhanom Ghebreyesus (@DrTedros) September 20, 2021

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया