आइतबार थपिए ७३४ जना संक्रमित

काठमाडौँ - नेपालमा आइतबार थप ७ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ३ सय ४ पिसिआर परिक्षणका क्रममा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टीजेन परिक्षणका क्रममा ७८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४० जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ४ सय १३ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४९ हजार १ सय १३ संक्रमित निको भएका छन् । हाल २४ हजार ३ सय १३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया