४० प्रतिशत अमेरिकन रोबोटसँग 'शारीरिक सम्पर्क' राख्न चाहान्छन् !

काठमाडौँ - हालै अमेरिकामा १२ सय जनामा गरिएको सर्वेक्षणमा ४० प्रतिशतले रोबोटसँग शारीरिक सम्पर्क राख्न चाहेको बताएका छन्। इन्टरप्राइज च्याटबट टिडियोले ‘उपभोक्तासँग कुराकानी गर्ने राम्रो उपाय’ नारा दिएको यो अध्ययनमा १२ सय जनाले भविष्यका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । सहभागिमध्ये ४० प्रतिशतले आफू भविष्यमा एआई रोबोटसँग सेक्स गर्न चाहेको विचार व्यक्त गरे ।
४० प्रतिशतको रोबोटसँग शारीरिक सम्पर्क राख्ने विचार, सबै पुरुष
सहभागी १२ सय मध्ये ४० प्रतिशतले रोबोटसँग आफू यौन चाहाना राख्ने इच्छा व्यक्त गरे । एआई हाल अझै परिस्कृत हुँदै गएको छ । भविष्यमा गएर आफूहरू एआईसँग यौन सम्बन्ध राख्न चाहेको कुरा उल्लेख गरे । यस्तो चाहाना व्यक्त गर्ने उनीहरू सबै पुरुष हुन् ।
एआईसँग जागिरको डर
केही समयअघि अमेरिकी एक कम्पनी बोस्टन डाइना मिक्सले नाच्दै गरेको रोबोटहरूको भिडियो सार्वजिनक गरेको थियो । कतिपयले यसमा विश्वास गरेका थिएनन्। केहीलाई भने यस रोबोटसँगै आफ्नो भविष्यको चिन्ता थियो ।
सहभागीमध्ये धेरैले भविष्यमा गएर एआईले मानिसको स्थान लिन सक्ने भन्दै चिन्ता व्यक्त गरे । यस सर्वेक्षणमा सहभागी ६९ प्रतिशतले भविष्यमा मानिसको काममा एआई हावी हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया