प्रदेश १ मा थपिए ३१५ जना संक्रमित, ६ जनाको मृत्यु

विराटनगर - प्रदेश १ मा शुक्रबार ३१५ जनामा कोभिड–१९ संक्रमित थपिएका छन् । ३ महिला र ३ पुरुष गरी थप ६ जना संक्रमितको उपचारका क्रममा प्रदेश १ का विभिन्न अस्पतालहरुमा मृत्यु भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १९८ र एन्टिजेनबाट ११७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
शुक्रबार सवैभन्दा धेरै मोरङमा एक सय जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेह्रथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको जनाइएको छ ।
मोरङको विराटनगर महानगरपालिका ५७ जना नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी बेलबारीमा १०, बुढीगंगामा ९, सुन्दरहरैचामा ७, ग्रामथानमा ४, कानेपोखरीमा ३, कटहरी, केराबारी र मिक्लाजुङमा २–२, सुनबर्षी, उर्लाबारी, रंगेली र रतुवामाईमा १–१ मा जना संक्रमित भएका छन् ।
सुनसरीको इटहरीमा ३७, धरानमा १६, इनरुवामा ५, रामधुनीमा ४, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ६, दमकमा ४, मेचीनगरमा २, अर्जुनधारा, विर्तामोड, हल्दिबारी, कनकाई र झापा गाउँपालिकामा १–१ जना संक्रमित भएका छन् ।
त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मीमा २, चौवीसे, पाख्रिबास, शहिदभूमी, र छथर जोरपाटीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र तेह्रथुमको म्याङलुङमा २–२, संखुवासभाको पाँचखपनमा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शुक्रबार १९६ महिला र १८४ पुरुष गरी थप ३८० जना कोभिडबाट संक्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया