ओली सरकारविरुध्द कांग्रेसको शक्ति प्रदर्शन : कुन नेताले कहाँ गर्दैछन् सम्बोधन ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी सडक प्रदर्शन गर्दैछ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुध्द सडक आन्दोलन गर्न लागेको हो ।
कांग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्लामा खटिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् । त्यस्तै नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तयारी छ ।
त्यस्तै उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
गगन थापाले कैलालीको विरोधसभालाई सम्बोधन गर्दैछन् । केन्द्रीय सदस्य चन्द्रभण्डारी नुवाकोटमा सम्बोधन गर्दैछन् । त्यस्तै केन्द्रीय सदस्यद्वय एनपी साउदलाई अछाम, प्रदीप पौडेल कञ्चनपुर, केन्द्रीय सदस्य शंकर भण्डारी सिराह, सुरेन्द्र पाण्डे रुपन्देही, विरबहादुर बलायर डोटी, कल्याण गुरुङ नवलपरासी, धनराज गुरुङ स्याङजाको विरोधसभालाई सम्बोधन गर्दैछन् । त्यस्तै रामहरि खतिवाडा इलाम, नैनसिंह महरले दोलखामा सम्बोधन गर्दैछन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने कोभिड संक्रमति भएका छन् । सिटौलाले महोत्तरीमा सम्बोधन गर्न कार्यक्रम यसअघि भए पनि कोभिड संक्रमित भएपछि उनी नजाने भएका छन् । त्यस्तै उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काले पनि कतै सम्बोधन नगर्ने बताइएको छ ।
बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगेका छन् ।
२०७४ को निर्वाचनमा सहज बहुमत ल्याएर ओलीले सत्ता सम्हालेपछि कांग्रेसले सरकारविरुध्द गरेको सम्भवतः यो पहिलो पटक आक्रामक आन्दोलन हो । ओली सरकारविरुध्द पछिल्ला दिनमा आलोचना बढिरहदा कांग्रेस पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया