तीन किलो बढी सुनसहित विमानस्थलबाट दुई जना पक्राउ
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ३६० ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् ।
बरामद भएको करिब २ करोड २५ लाख रुपैयाँ बराबर मूल्य बराबरको गहना रहेको प्रहरीले जनाएको छ । श्री एयरलाइन्सको उडानबाट विराटनगर जान लागेका बेला जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका विभिन्न गहना भेटिएका थिए । त्यस्तै अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना भेटिएको हो ।
बरामद सुनसहित आवश्यक कारबाहीका लागि उनीहरूलाई राजश्व अनुसन्धान विभाग पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया